• २०८३ असार १४ गते आइतवार

ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १२, गुल्मी। ट्रकको ठक्करबाट गुल्मीमा दुई जना पैदल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आज बिहान रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोप बहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

बुटवलबाट समान लिएर तम्घास जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ भगारी स्थित मसिने खोलामा ठक्कर दिँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो ।

चालक र ट्रकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टकको लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस