• २०८३ कार्तिक ८ गते शनिवार

प्रधानमन्त्री केपी ओलीले मौजुदा मन्त्रिपरिषद् हेरफेर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

पुस १०,, काठमाडौ । प्रधानमन्त्री केपी ओलीले मौजुदा मन्त्रिपरिषद् हेरफेर गरेका छन् । मन्त्रिपरिषद्का सदस्यहरु हेरफेर गर्दा राज्यमन्त्रीसहित नयाँ नौ जना हेरफेर भएका हुन ।


प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास र प्रेम आलेलाई वन मन्त्रालय, गणेश ठगुन्ना सामान्य प्रशासन, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री जुलीकुमारी महतोले महिला बालबालिका मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छिन् ।

त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् भने यसअघि स्वास्थ्य मन्त्री रहेका भानुभक्त ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा पुगेका मन्त्रिपरिषद् हेरफेरमा पूर्वमाओवादी नेताहरुको बाहुल्य रहेको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको जिम्मेवारी खोसिएको छ ।

शपथ ग्रहण कार्यक्रममा विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा पनि उपस्थित थिए ।

 

।

 

Sharing

प्रतिक्रिया दिनुहोस