पौष १०, मुुगु । हिमाली जिल्ला मुगुको लागि ल्याईएको नेपाल खाद्य संस्थानको जापनिज चामल सुर्खेतको गोदामै थन्किएको छ । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिकाको कालै डिपो केन्द्रमा ल्याईने चामल महंगो भएको र चामल खादा राम्रो नभएको भन्दै स्थानीयले संस्थानको चामल खरिद गर्न नमानेपछि गोदाममा थन्किएको हो ।
उक्त डिपो केन्द्रमा चामल ढुवानीको लागि जिम्मा पाएको शर्मा ढुवानीले एक हजार ९९ क्वीन्टल चामल लगेको थियो । तर स्थानीयले चामल किन्न मानेका छैनन् । यसअघि संस्थानले ४६ रुपैयाँमा विक्री गर्दै आएको चामलको प्रतिकेजी ५० रुपैया पु¥यापछि स्थानीयले चामल खरिद नगरेको शर्मा ढुवानीले जनाएको छ ।
समयमै चालम पु¥याउँदा पनि गोदाममै थन्किएको विक्री गर्ने आफ्नै जिम्मा भएपनि नागरिकहरुले खरिद नगर्दा गोदाममै चालम कुहिने अवस्थामा पुगेको शर्मा ढुवानी सेवा केन्द्रका वासुदेव शर्माले जानकारी दिए । उनका अनुसार संस्थानले कर्मचारी नपठाउँदा पनि चामल सोरुकै गोदामै रहेको शर्माले बताए ।
खाद्य संकट हुने सोरुका नागरिकहरुलाई संस्थानले चामल विक्री नभएको सत्य भएको सोरु गाउँपालिकाका उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बमले जानकारी दिए । कोरोना महामारीको समयमा संस्थानको चामल स्थानीयले राहत दिँदा लिन नमानेको पनि वमले बताईन् । ‘सोरुका जनता भोकै मर्न नपरोस् भन्ने उदेश्यले चामल बारे बुझाएर विक्री गर्ने वातावरण मिलाइरहेका छौं वमले भनिन्, ‘चामल अलि मोटो देखिने र पोषिलो बढी भएकाले विक्री नभएको हो ।
गोदाममै चामल कुहिन नदिनेगरी विक्री वितरण गर्न नागरिकहरुलाई सचेतना फैलाइरहेका छौं, विस्तारै चामलप्रतिको भ्रम अन्त्य गर्न पालिका जिम्मेवार भएर लाग्ने बताईएको छ ।