पुष ६, एजेन्सी। बेलायतमा फेरी लकडाउन गरिएको छ । बेलायती स्वास्थ्यमन्त्रीले नयाँ स्वरुपको कोरोना भाइरस नियन्त्रणबाहिर गएको बताएका छन्। वैज्ञानिकहरूले बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएको अवगत गराएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आइतबारदेखि डिसेम्बर अन्त्यसम्म टियर फोरको नयाँ प्रतिबन्ध लागू गर्ने घोषणा गरेका थिए ।
वेल्समा आइतबारदेखि नै देशव्यापी लकडाउन सुरु भएको छ भने नर्दन आयरल्यान्डमा अर्को सातादेखि लकडाउन गर्ने घोषणा भइसकेको छ । यो नयाँ स्वरुपको कोरोना भाइरस अरुभन्दा ७० प्रतिशत छिटो सर्ने हुनाले तीव्र गतिमा फैलिरहेको अधिकारीहरुले बताएका छन्। लकडाउन सुरु भएसंगै छिमेकी मुलुकसंगको आवत जावतपनि रोक लगाइएको छ ।