पुस ३, सिराहा । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिराहामा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सिराहाको सिरहा नगरपालिका वडा नम्बर १८ सडकमा ना ७ त २६५७ नम्बरको ट्रयाक्टर आफैं अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा वडा नम्बर २ का ट्रयाक्टर चालक २६ वर्षीय सुरजकुमार यादवको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका चालक यादवलाई तत्काल जिल्ला अस्पताल सिराहामा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।