पौष ३, काठमाडौँ । सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्धामा शुक्रबार सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएको थियो ।
तर शुक्रबार उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने भनी सर्वोच्चको वेवसाइटमा उल्लेख गरिएको छ ।यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।