मंसिर ३०, मोरङ । मोरङको सुनबर्सी नगरपालिका वडा नं २ अमरदह बजारमा सोमबार राति भिषण आगलागी भएको छ । सो बजारका पुराना व्यापारी पारस साहको थोक किराना पसलमा मध्यरातबाट शुरु भएको आगो मंगलबार बिहान पख मात्रै नियन्त्रणमा आएको थियो ।
आगो निभाउन विराटनगर, दमक, बेलबारी र कानेपोखरीबाट चारवटा दमकल अमरदह बजार पुगेका थिए । मोरङ प्रहरीले आगलागीको कारण नखुलेको तर बिजुली सर्ट भएर लागेको हुनसक्ने जनाएको छ ।
स्थानीय, प्रहरी र बारुणयन्त्र कर्मचारीको प्रयासमा आगो नियन्त्रणमा आएको स्थानीयहरुले बताएका छन् । आगलागी बाट पसलका अधिकांश सामान जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ ।