• २०८३ बैशाख १७ गते बिहिवार

मोटरसाईकल चोरी गर्ने व्यक्ति सवारी साधन सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३०, काठमाण्डौं । काठमाडौंबाट मोटरसाईकल चोरी गर्ने व्यक्ति सवारी साधन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नयाँबसपार्क स्थित सडक खण्डमा बा ८९ प १७७६ नम्वरको कालो रातो रंगको १५० सिसिको पल्सर मोटरसाईकल शंका लागि चेक जाँच गर्दा उक्त मोटरसाईकलको वास्तविक नम्वर बा ९४ प ४४६९ खुल्न आएको थियो ।

उक्त सवारी साधन मिति २०७६।१०।१० गते काठमाण्डौं नैकापबाट हराएको भनि जिल्ला काठमाण्डौं चन्दागिरी नगरपालिका वडा नं.१३ बस्ने पुर्ण राउतले खोज तलासको लागि हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएको खुल्न आएकोले जिल्ला सिन्धुलि हरिहरपुर गाउँपालिका वडा नं।६ घर भई हाल काठमाण्डौं कपन बस्ने बर्ष २१ को प्रकाश तामाङ, जिल्ला सिन्धुलि तिनपाटन गाउँपालिका वडा नं.५ घर भई हाल काठमाण्डौं कपन बस्ने बर्ष ३२ को अम्मर तामाङ र जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं.८ घर भई हाल काठमाण्डौं कपन बस्ने बर्ष २० को सुरेश तामाङलाई सवारी साधन सहित पक्राउ गरिएको हो ।

उनिहरुलाई थप अनुसन्धान एंव आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त थानकोट काठमाण्डौंमा बुझाईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस