• २०८३ बैशाख २३ गते बुधवार

भन्सार छलेर ल्याएको ट्याक्टर नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३०, मोरङ । मोरङ प्रहरीले भन्सार छलेर नेपालतर्फ ल्याइरहेको अन टेस्ट ट्याक्टर नियन्त्रणमा लिएको छ । सोमबार राती करिब ८ बजे प्रहरी चौकी बरडंगाको गस्ती टोलीले सनबर्षी नगरपालिका ७ गुद्री चोकबाट उक्त ट्याक्टर नियन्त्रणमा लिएको हो ।

ट्याक्टरको मुल्य अन्दानी १६ लाख भएको अनुमान छ । ट्याक्टरलाई आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाइने मोरङ प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस