मंसिर २८, रोल्पा । सुनछहरी गाउँपालिकाको पोवाङमा मडौला मडौली नामक मुक्तक संग्रहको एक कार्यक्रम गरि बिमोचन गरिएको छ । सुनछहरी गाउँपालिका वडा नं ४ फुलबारी टोल घोगा निवासी लिल बहादुर घर्ती को पहिलो कृतिको सनिवार बिमोचन गरिएको हो ।

नेपाल मुक्तक प्रतिस्थापन रोल्पा द्वारा प्रकाशित उक्त मुक्तक संग्रह, फुलबारी युवा क्लबको सहयोग तथा नेपाल मगर संघ सुनछहरी रोल्पाको संयोन्य र सुनछहरी कला समाज सुनछहरीको आयोजनाम बिमोचन गरिएको हो । सुनछहरी कला समाजका सदस्य मोतिराम आर.सि को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि, सुनछहरी गा. पा अध्यक्ष आस बहादुर पुनमगर (रक्तिम) अन्य अतिथिहरु,सुनछहरी गा.पाका प्रशासन शाखा प्रमुख दया बहादुर बुढामगर, सुनछहरी गा.पा वडा नं ४ का अध्यक्ष खड्ग बहादुर घर्ती,सुनछहरी ४ का वडा सचीव नबराज खड्का,राष्ट्रिय कविता २०७४ बिजेता बिष्णु सन्यास,नेपाल मगर संघ सुनछहरीका अध्यक्ष रण बहादुर घर्ती, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोवाङका सभापति खिम बहादुर बिस्ट, शिक्षाशाखा प्रतिनिधि धनलाल पुन मगर रहनुभएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि आस बहादुर पुनमगरले सुनछहरी गाउँपालिका साहित्य कला जन्मने उर्बर भुमी भएको भन्दै यहाका क्रियाकलाप भौगोलिक वातावरण संस्कार संस्कृति, भेषभोषा जस्ता कुराहरु पनि साहित्यको माध्यमबाट बाहिर ल्याउनु पर्नेमा जोडदिनुभएको छ । यस्तै उक्त कार्यक्रममा बोल्दै कवि बिष्णु सन्यासले लिल बहादुर घर्ती द्वारा रचित मुक्तक संग्रहमा सुनछहरीको धेरै विषय बस्तुमा आधारित कुराहरु समेटिएकोमा खुशी व्यक्त गर्दै अबको साहित्य युग सुहाउँदो र परावरणिय हुनुपर्नेमा जोडदिनुभएको छ । त्यस्तै उक्त कार्यक्रममा बोल्दै नेपाल मगर संघ सुनछहरी गा.पा अध्यक्ष रण बहादुर घर्तीले पाठक प्रती पुर्ण सफलताको शुभकामना दिदै पाठक हरुको कलम मातृभाषामा पनि चल्नु पर्ने बताउनुभएको छ । उक्त मुक्तक संग्रहको लेखक लिल बहादुर घर्तीले आफ्नो पहिलो प्रयास भएकोले उक्त पुस्तक सबैले बढेर सल्लाह सुझाव दिन समेत पाठकहरुमा अनुरोध गर्नुभएको थियो
कार्यक्रममा स्वागत मन्तव्य बिपना पुनमगर (काफिया)ले राख्नु भएको थियो भने कार्यक्रम सन्चालक तिलक संघर्ष मगरले गर्नु भएको थियो ।