• २०८३ बैशाख ११ गते शुक्रवार

काठमाडौंमा एकै ठाँउ ८ वटा सवारी दुर्घटना, एकको घटनास्थलमै मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २७, काठमाडौं । शुक्रबार साँझ कलंकीस्थित रंजित कोलोनीमा कंटेनर ट्रकको ब्रेक फेल हुँदा ८ वटा सवारी दुर्घटनामा परेका हुन । ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा ओखलढुंगा घर भएका अन्दाजी ३० वर्षीय शंकर परियार छन् । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । २ ०३००१ ख १४२० नम्बरको ट्रक ८ वटा गाडीलाई ठक्कर दिएपछि अन्तिममा एक घरमा ठोक्किएको थियो । हेटौँडाबाट सिमेन्ट लिएर सुकेधारातर्फ जाने क्रममा ट्रक ढुङ्गेअड्डा–कलंकी क्षेत्रमा अनियन्त्रित भएको थियो ।

सो ट्रकले एउटा ट्याक्सी, एउटा पिकअप भ्यान, एउटा बस, एउटा मोटरसाइकल, एउटा स्कुटर र साइकललाई समेत ठक्कर दिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस