• २०८३ जेष्ठ २१ गते बिहिवार

अमेरिकामा एकैदिनमा तीन हजारभन्दा बढी सङ्क्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २५, काठमाडौं । संयुक्त राज्य अमेरिकामा पछिल्लो चौबीस घण्टामा कोरोनाबाट तीन हजार ५४ जनाको मृत्यु भएको छ । अमेरीकामा महामारी सुरु भए यता अहिलेसम्मकै सबैभन्दा बढी ब्यक्तिको कोरोना सङ्क्रमणले ज्यान गएको हो ।

कोभिड ट्रयाकिङ परियोजनाका अनुसार अमेरिकामा एक लाख छ हजार सङ्क्रमित हाल अस्पतालमा उपचारार्थ छन् । राज्य स्तरको कतिपय अस्पतालहरुमा अझै सङ्क्रमित भर्ना गर्ने क्षमता छैन् । स्वास्थ्य अधिकारीहरुले मापदण्ड र सतर्कताको उपयुक्त पालना नभए आगामी साताहरुमा अझै विकराल अवस्था निम्तिने चेताबनी दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यसअघि गत् मई ७ मा हालसम्मकै सबैभन्दा बढी दुई हजार ७६९ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा हालसम्म एक करोड ५० लाख ब्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । दुई लाख ८९ हजारको मत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस