• २०८३ बैशाख १४ गते सोमवार

विवेकशील र साझा पार्टीको एकीकरण (प्रतिबद्धतापत्र सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

मंसिर २५, काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दलबीच आज एकता भएको छ । अलग भएको २२ महिनापछि बुधबार साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेसँगै दुई पार्टी एक भएको हो ।

पार्टी एकतासँगै अब एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे रहेका छन् । चुनाव चिन्ह भने यसअघि साझाको तराजु रहनेछ । एकीकृत पार्टीको केन्द्रीय समिति १३० रहेको छ । दुबै पक्षबाट ६५र६५ जना रहनेछन् । केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३र१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालयसमेत गठन गरेको छ ।

दुइपाटी बिच भएको एकता घोषणाका क्रममा गरिएको प्रतिबद्धता यस्तो छ :
परम्परागत राजनीतिको दुष्चक्रबाट नेपाली समाजलाई मुक्त गर्नेछ

आज मिति ०७७ मङ्सिर २४ गते, बुधबार, भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन विवेकशील नेपाली दल र साझा पार्टी पुनः एकीकृत भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै हर्षित भएका छौँ । नेपाली राजनीतिलाई अझ धेरै लोकतान्त्रिक, सुसंस्कृत, समावेशी, जनउत्तरदायी र न्यायपूर्ण बनाउँदै सुशासन, संवृद्धि र स्वाभिमानको महाअभियानलाई नेतृत्व गर्ने अपेक्षाका साथ आ(आफ्नै पृष्ठभूमि र परिवेशमा सङ्गठित भएका विवेकशील नेपाली दल र साझा पार्टी २०७४ साउन ११ गते विवेकशील साझा पार्टीको रूपमा एकीकृत भएका थियौँ। तर त्यो एकीकरण हाम्रै कतिपय व्यवहारिक कमजोरीहरूका कारण लामो समय रहेन। परिणामस्वरूप २०७५ पौष २७ गते पार्टी विभाजित भयो। त्यो निकै दुःखद घटना थियो।

पार्टी विभाजनले वैकल्पिक राजनीति, यसको वैचारिक, राजनीतिक अपेक्षा र एक उन्नत पार्टी स्थापना गर्ने हाम्रो साझा लक्षलाई नै गम्भीर क्षति पुर्‍यायो। तत्पश्चात्, हामीलाई पुनः एकीकरणका लागि हाम्रा सदस्य, शुभचिन्तक, आम नागरिक र मतदाताहरूबाट निरन्तर सुझाव, दबाब र उत्प्रेरणा प्राप्त भइरह्यो। परिणामस्वरूप, संवादलाई निरन्तर अगाडि बढाउँदै हामीले आज पुनः पार्टी एकीकरण गरेका छौँ। यो एकीकरण स्वभावतः विगतमा भएको पार्टी विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमा याचना गर्ने हाम्रो विनम्र प्रयत्न त हो नै, नेपाली नागरिकले चाहेजस्तै एक अग्रगामी, सुसंस्कृत र उन्नत पार्टी निर्माण गर्ने सङ्कल्प पनि हो।

यो एकीकरणले परम्परागत राजनीतिको दुष्चक्रबाट नेपाली समाजलाई मुक्त गर्नेछ भन्ने हाम्रो विश्वास हो। यो एकीकरणले भ्रष्टाचार, कुशासन र राज्यहीनताको अवस्थाबाट थिलथिलो भएका नेपाली नागरिकका सपनाहरूलाई पुनर्जागृत गर्दै राजनीतिमा नयाँ आशा सञ्चार गर्नेछ भन्नेमा पनि हामी विश्वस्त छौँ। हामी बहुलवादमा आधारित “कल्याणकारी लोकतन्त्र”, समन्वयात्मक बजार अर्थतन्त्र, सामाजिक न्यायको वैचारिक आलोकमा मूल्यमान्यता सहितको अग्रगामी राजनीतिक विकल्प स्थापना गर्न चाहन्छौँ। यस्तो राजनीति जसले निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, न्यून आय भएकाहरूका लागि आवासको व्यवस्था तथा सार्वजनिक यातायातलाई राज्यको प्रमुख दायित्व बनाउन सकोस्। यस्तो राजनीति जसले समाजको तल्लो तप्कामा रहेका बहुसङ्ख्यक किसान र मजदुरलाई श्रम गरेर स्वाभिमानपूर्वक बाँच्ने वातावरण तयार गर्न सकोस्। र, इमानदार, सक्षम र दूरदृष्टिपूर्ण नेतृत्व भएको खण्डमा ती सबै सम्भव छन् भन्ने हाम्रो ठहर हो।

हामी सहभागितामूलक लोकतन्त्र र परिणाममुखी राजनीति स्थापना गर्न चाहन्छौँ, जसले प्रत्यक्षतः नागरिकलाई अझ धेरै अधिकार सम्पन्न बनाओस्। जसले जन प्रतिनिधिहरू लाई मतदाताप्रति अझ धेरै उत्तरदायी हुन प्रबन्धन गर्न सकोस्। हामी राज्य व्यवस्था र सामाजिक संरचनाहरूमा सहअस्तित्व, सहकार्य र एकता सुनिश्चित गर्ने लोकतान्त्रिक बहुलवादप्रति प्रतिबद्ध रहने पार्टी बन्न चाहन्छौँ। हामी समावेशी लोकतन्त्र स्थापना गर्न चाहन्छौँ, जसले युवा, महिला, गरिब तथा सीमान्तकृत समुदायलाई अधिकार सम्पन्न गरी आर्थिक, सामाजिक न्याय सहितको समतामूलक संवृद्धि सुनिश्चित गर्न सकोस्। हामी राजनीतिलाई पेसा हैन, सेवामा रूपान्तरण गर्न चाहन्छौँ।

एकीकृत पार्टी नेपाली नागरिकका लोकतान्त्रिक अधिकारहरूको सम्मान गर्दै, विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै, नेपाली नागरिकको भावनाको कदर गर्दै र संविधानको पूर्णतः पालना गर्दै पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता, समानुभूती, साहस जस्ता मूल्यमान्यतामा रहेर विवेकशील नागरिक, उद्यमशील समाज, सेवक सरकार र कल्याणकारी राज्यको परिकल्पनालाई साकार बनाउन निरन्तर क्रियाशील रहने छ।

एकीकरणका प्रमुख बुँदाहरूस्

१० एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ।

२० एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ।

३० एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ।

४० एकीकृत पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने छन्।

५० एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५(६५ जना सदस्यहरू रहने गरी कूल १३० जना केन्द्रीय सदस्य हुनेछन्। एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको सङ्ख्या ९१३(१३ जना० मा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्नेछ।

६० एकता महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि एकीकृत पार्टीको केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोही अनुरूप पार्टीका काम कार्यवाहीहरू अगाडि बढाइनेछ।

७० सोही कार्यविधि अनुसार दुई महिनाभित्र दुवै पार्टी मातहतका हाल रहेका सम्पूर्ण संरचनाहरू गठन, पुनर्गठन र समायोजन सम्पन्न गरिनेछ।

८० पार्टी एकीकरणको सम्झौता भएको मितिले ६ महिना भित्र पार्टीको एकता महाधिवेशन सम्पन्न गरिनेछ।

९० एकीकृत पार्टीका अन्य सबै काम कारबाही दुवै दलका संवाद समितिले तयार पारेको संयुक्त प्रतिवेदनले दिशानिर्देश गरे अनुरूप हुनेछ।

१०० एकीकृत पार्टीको पहिलो महाधिवेशनअगाडि कुनै वाधा अड्चन आएमा त्यसको अन्तिम व्याख्या र निरूपण एकीकृत पार्टीको केन्द्रीय समितिले गर्नेछ।

हामी विवेकशील साझा पार्टीलाई ‘अस्तित्वमा’ मात्र रहने सिर्फ एक दल नभई नेपाली नागरिकका पुरा हुन बाँकी सबै सपनाहरूलाई पुरा गर्ने राजनीतिक अभियानको नेतृत्वदायी र रूपान्तरणकारी शक्ति बनाउन चाहन्छौँ। हामी परम्परागत राजनीतिबाट आजित नेपाली नागरिकलाई सुन्दर, लोकतान्त्रिक र अग्रगामी राजनीतिक विकल्प दिन चाहन्छौँ। हाम्रो यो चाहनालाई पुरा गर्न नेपाली नागरिकको साथ, सहयोग र विश्वास हामीलाई अवश्य मिल्नेछ भन्ने हाम्रो अपेक्षा छ। हाम्रो यो राजनीतिक अभियानमा हातेमालो गर्न, ऐक्यबद्धता जनाउन र संलग्न हुन हामी सबै नेपाली नागरिकलाई हार्दिक आह्वान गर्दछौँ।

पार्टी एकीकरणको यो सुखद क्षणमा पार्टीका सदस्य, शुभचिन्तक, मतदाता र आम नेपाली दिदीबहिनी तथा दाजुभाइ प्रति आभार प्रकट गर्दै शुभकामना व्यक्त गर्दछौँ।

धन्यवाद सहित,

रवीन्द्र मिश्र रमिलन पाण्डे

संयोजक र अध्यक्ष

साझा पार्टी विवेकशील नेपाली दल

Sharing

प्रतिक्रिया दिनुहोस