मंसिर २४, काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै नगद ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सुनसरी धरान उपमहानगरपालिका(४ बुद्धचोक घर भएका जनोज लामिछाने भन्ने २७ वर्षीय विशाल दर्जी रहेका छन् ।
उनले १ जना महिलालाई सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरी सम्पर्कविहीन भएको जानकारी प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।