• २०८३ जेष्ठ १६ गते शनिवार

विश्वमा ८ हजार ७६८ कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वमा ८ हजार ७६८ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख ३२ हजार ४१८ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख रहेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ४९ हजार ९४६ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६ करोड ६४ लाख २२ हजार ५८ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस