• २०८३ जेष्ठ २ गते शनिवार

बाँके प्रहरीले ठूलो परिमाणमा ट्याक्टर सहित सुर्ति पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, बाँके । भारतबाट नेपाल ल्याइएको एक ट्याक्टर सुर्ति बाँके प्रहरीले बरामद गरेको हो । नेपालगन्ज वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको नेतृत्वमा गएको सो टोलीले जानकी गाउँपालिका १ साईगाउँबाट भे १ त ७७२९ नम्वरको टयाक्टरमा राखेर नेपाल ल्याइएको ३५ केजीका ४८ बोरा काचो सुर्ति बरामद गरेको हो ।

प्रहरीले टयाक्टर चालक साइगाउँका नाफिस कवडिया, भानु बर्मा र शेर अलिलाई पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । उक्त सुर्ति करिव तीन लाख ६० हजार मूल्य बराबरको रहेको बताइएको छ । सो सुर्ति खजुरातर्फको एउटा उद्योगमा लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वडा प्रहरी प्रमुख खड्काको नेपालगन्ज आए सँगै चोरी, तस्करी नियन्त्रणमा कडाइ भइरहेको स्थानीयहरु बताउँछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस