• २०८३ भाद्र ३ गते बुधवार

छोराद्धारा ७० वर्षीय बुबाको हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, गोरखा । आफ्नै बाबुको हत्या गरेका एक पुरुषलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । गोरखा सिरानचोक गाउँपालिका-८ धन्सार बस्ने ७० वर्षीय बुबा तुलाराम ढकालको हत्या गरेको अभियोगमा उनकै छोरा ४० वर्षीय भुवन ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

सिरानचोक गाउँपालिका-८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस