मंसिर १८, काठमाडौं । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्। उनले मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग विवाह गर्न लागेकी हुन्।
सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन्। उनीहरू दुबै केही समयदेखि प्रेममा थिए। विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने छ। यसअघि मंसिर ५ गते विवाह हुन लागेको खबर सार्वजनिक भएकोमा उनले आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै खण्डन गरेकी थिइन्।
ुकहाँ भेटिएलाु सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो।
