मंसिर १७ मुगु । तपाई हामिले यहाका सयौं बालवालिकाहरु , बेपत्ता , टुहुरा , विना कारण बजारमा हिडडुल गर्ने देखैकै छौ । बालवालिकाहरु आफ्ना आमा बुवा सँग बस्न रमाउन कस्लाई पो मन हुदैन ।

एक शब्द आमा… आमा… बाबा… भन्न मन त कस्लाई पो नहोला । हाल सम्म पनि नेपाल लगायत कर्णालीका बालवालिकाहरु टुहुरा , बेपत्ता भएको तथ्यांकमा देख्न सकिन्छ । यस्तै कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगुको छायानाथ रारा नगरपालिका– २ तलितुम गाउँका रामकृष्ण तिरुवा हालै दुई बर्ष पुरा भए । उनले दुई बर्षको नाबालक अवस्थामै आफ्ना आमा बुवाको मुख देख्न त उतै जावस आमा बुवा भन्ने शब्दनै रहेको छैन । तिरुवा नावालक छदै उनको आमा बुवा विहिन बनेका छन् ।

२०७५ असोज अन्तीममा जन्मेका रामकृष्ण आमाको गर्भ भित्र ५ महिनाको हुर्कदै गर्दा उनका बुवा एक गास टार्नको लागि मुगु बाट काठमांडौमा ज्याला मजदुरी गर्न उनी गए । काठमाण्डौ जादा गर्दा तिरुवाका बुवा लडेर मृत्यु भएको थियो । भने उनि भर्खरै दुइ बर्ष पुग्दा घाटीको समस्याका कारण उपचारकै क्रममा ०७७ असोज ५ गते जिल्ला अस्पताल मुगुमा उनकी आमाले पनि यो संसारमा बाट सधैको लागि छोडिन । त्यो दिन देखि तिरुवाले आमा पनि भन्ने बाटो सधैको लागि पुर्ण विराम लाग्यो । आमाको दुध खान नछोड्दै र आमाकै काखमा लरीबुरी खेल्न पनि पाएनन् । अहिले उनि आमा बाबु बिहीन अवस्थामा रहेका छन् । अब उनको साहारा कोही रहेन ।

रामकृष्ण संगै अर्का ६ बर्षिया उनका दाजु हरीकृष्ण तिरुवा पनि छन् । आफ्ना बुवाको मृत्यु हुदा हरी ३ बर्षका थिए । तिन बर्षको नाबालक अवस्थामै बुवा गुमाएका उनि आमाको साहारामा हुर्कीदै आएका थिए । गत असोज २१ गते आमाको पनि निधन भएपछि यति बेला दुबै दाजु भाइ साहारा बिहीन अवस्थामा रहेका छन् । एउटा दलीत परिवारमा जन्मेर आमाले ज्याला मज्दुरी गर्दै हुर्काएका यिनि नाबालक दाजु भाइको आमालाई पनि दैबले चुडेर लगेपछि अब भने बिलकुल एक्ला बनेकाछन । अबका दिनमा यिनीहरुको हेरचाह र पालनपोषण गरीदिने कोही छैन ।
घरको खेतिपातीले ३ महीना सम्म खान नपुग्ने यस परिवारमा यिनिहरुको पढाइ लेखाइको करा त टाढा जावस , बिहान बेलुकी हात मुख जोड्न, लत्ताकपडा किन्न र अन्य घर खर्च चलाउन समेत ज्याला मज्दुरीको भर पर्नु पथ्र्यो ।
सानो नाती बुहारीको गर्भमा ५ महीनाको हुर्कदै थियो, ठूलो नाती २ बर्ष पुगेको थियो छोराको मृत्यु भयो । त्यसपछिका दिनमा बुहारीले दुबै नातीलाई पालन पोषण गराएकी थियी, उस्ले पनि हामी सबैलाइ छोडेर गइ, ६६ बर्षिया हजुरबुवा भक्त तिरुवाले आसु झार्दै दुखेसो पोखे । अब त यि टुहूरा नाबालकको कस्ले पालन पोषण गर्देला, हामी बुढा बुढी डाडाँ माथीका घाम भैसक्यौ उनले सुनाय,” ।
यति बेला हरीकृष्ण र रामकृषण आफ्ना बृद्ध अवस्थाका हजुरबुवा हजुरआमा को साथमा छन् । उनिहरुका साहारा भनेका ६६ बर्षिया हजुरबुवा र ६३ बर्षिया हजुरआमा बाहेक अरु कोही छैनन् । उनिहरु पनि रोगले घरैमा थला परेका छन् । आफ्नो हेरचाह गर्न त अरुको साहारा चाहीने उमेरमा यि बालको हेरचाह, खानपीन पालनपोषण कस्ले गर्देला दुबै बुढा बुढी पिडा सुनाउछन् । उनिहरु नातीहरुको पालनपोषण गर्दीने र पढाइ लेखाइ गराइदिने को भगवान भेटीएला भन्छन् । यिनी दुबै दाजु भाइको पालनपोषण, हेरचाहा र भबीश्यको बारे पहल तथा सहयोगको लागि हारगुहार गरीदिने कोही छैन् । साठी काटेका बृद्ध अवस्थाका हजुरबा हजुरआमा घरको आगन छोड्न सक्दैनन् । दुई बर्षिया रामकृष्ण र ६ बर्षिया हरीको पालनपोषण गराइ दिने र शिक्षा दिक्षा हाशिल गराइ दिने कोही सहयोगी मनहरुको आवश्यक्ता रहेको छ ।