• २०८३ बैशाख १७ गते बिहिवार

कानून कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक छ :मुख्यमन्त्री भट्ट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर १४, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताउनुभएको छ । शनिबार मानवअधिकार पत्रकार सङ्घ हुर्जा को आयोजनामा ‘सङ्घीयताको कार्यान्वयन, अवसर र चुनौती’ विषयक सरोकारवालाको भर्चुअल बैठकमा उहाँले देशमा थुप्रै कानून बनेको भए पनि मानसिकता परिवर्तन नहुँदा समस्या भएको बताउनुभयो ।

“नेपालको संविधान उत्कृष्ट छ, कार्यान्वयनकै चरणमा छौँ”, उहाँले भन्नुभयो, “देशमा राम्रा कानून बनेका छन् तर मानसिकता बदलिएको छैन, मानसिकता नबलिँदासम्म जति राम्रो कानून बने पनि जटिलता आइराख्छ ।

देशमा एउटै दलको सरकार रहेको भए पनि कानून बन्न ढिलाइ भएको समेत मुख्यमन्त्री भट्टले बताउनुभयो । “मैले कानून नबन्दा भएको अप्ठ्यारोबारे सङ्घीय सरकारसँग कुरा राखिसकेको छु”, उहाँले भन्नुभयो, “शुरुमा सङ्घले कानून बनाउन ढिलाइ गर्यो, त्यसपछि प्रदेश अनि स्थानीय तहमा पुग्दासम्म सङ्घीयता कार्यान्वयनमा ढिलाइ भएको छ ।” उहाँका अनुसार सङ्घले कानून नबनाउँदासम्म प्रदेशले काम गर्न नसक्ने भएकाले कानून बन्न ढिलाइ हुँदा सबै तहका सरकारलाई काम गर्न केही जटिलता देखिएको छ ।

अन्य प्रदेशमा सम्पन्न भएको “सङ्घीयताको कार्यान्वयनमा सरोकारवालाको भूमिका” विषयक भर्चुअल बैठक सुदूरपश्चिममा शनिबार सम्पन्न भएको मानअधिकार पत्रकार सङ्घ ९हुर्जा० का अध्यक्ष घनश्याम खड्काले जानकारी दिनुभयो । प्रदेशगतरूपमा देशभरि गरिएको भर्चुअल बैठकमा बोल्ने अधिकांश वक्ताले कानून कार्यान्वयन गर्न सबैले प्रतिबद्धता गरे पनि कार्यान्वयनमा उदासीन भएको बताएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस