• २०८३ जेष्ठ २४ गते आइतवार

रोल्पामा दुई पुरुषको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, रोल्पा। रोल्पाको सुनिल स्मृति गाउँपालिका ४ को जिलाखोलामा दुई जना पुरुषको शव फेला परेको छ ।शुक्रबार साँझ माछा मार्न हिँडेका स्थानीय बालबालिकाले शव देखेर खबर गरेपछि उक्त स्थानमा प्रहरी पुगेको ईलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षकले जानकारी दिए ।

मृतकको साथमा परिचय खुल्ने कुनैपनि कागजात नभेटिएकाले अहिलेसम्म पनि शवको सनाखत हुन नसकेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

शनिवार दिउँसो २ बजेतिर शव उठाएर जिल्ला अस्पताल रोल्पामा राखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस