मंसिर १०, काठमाडौँ। सेयर कारोबार मापक नेप्से परिसूचक ६४ अंक भन्दा धेरैले बढेको छ । आज नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८८ अंकमा पुगेको हो ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि उकालो लागेको छ । सेन्सेटिभ इन्डेक्स १२ दशमलव ९६ अंकले बढेर ३ सय ६२ दशमलव ३४ अंकमा पुगेको छ ।
कारोबार रकम ५ अर्ब नाघेको छ भने ३ वटा कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढेर सर्किट ब्रेक लागेको छ । शिवम् सिमेन्ट, एनएमबि माइक्रोफाइनान्स र बिशाल बजार कम्पनीको सेयर मूल्इ १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो ।
दिनभर भएका ४० हजार ७ सय ६५ कारोबारबाट १९६ कम्पनीका १ करोड ४४ लाख १८ हजार १ सय २० कित्ता सेयर किनबेच भएका छन् । जसबाट ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८ रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।