मंसिर १०, मुगु । जुम्लाको एक गाउपालिकामा स्थानीय युवाद्धारा सुचना अधिकारीको कार्यकक्षमा ताला लगाएपछि हाल सम्म खुल्न सकेको छैन । नेपाली भाषाको उद्धगम स्थल सिजाको कनकासुन्दरी गाउपालिकाको सुचना अधिकारीको कार्यकक्षमा गएको मंसिर ४ गते लगाएको ताला हालसम्म पनि खुल्न नसकेको हो ।

बिश्व महामारिको रुपमा फैलिरएको नोवेल कोरोना भाईरस कोभिड १९ को तग आर्थिक वर्ष २०७६÷०७७ को स्थानिय तहबाट, प्रदेश, सघं सरकार बाट आएको रकम कुन कुन क्षेत्रमा कति खर्च भयो कति रकम प्राप्त भयो यकिन सुचना जानकारी नपाएको भन्दै ताला लगाएको स्थानीय युवाले जानकारी दिए । उनीहरुका अनुसार गाँउपालिकाको २०७६÷०७७ को कुल बजेटको खर्चको बिवरण सूचनाको हक अनुसार असोज २६ गते दिएको निबेदनलाई कुनै पनि सुनुवाई नगरे पछि बाध्य भएर पहिलो चरणमा सूचना अधिकारीको कार्य कक्षामा तालाबन्दि गरेको कनका सुन्दरी गाँउपालिकाका स्थानिय यूवा वद्रि बहादुर बोहोराले जानकारी दिए । असोज २६ गते सुचना माग गर्दा गाँउ पालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुले सबै सुचना उपलब्ध गराउने बाचा गराएका थिए तर एक महिना बिति सक्दा कुनै पनि सुनुवाई नगरेको उनीहरुको भनाई रहेको छ ।

कोभिड १९को बजेट निकै दुरुपयोग गरेको जनमासको गुनासो आएको छ । सामान्य एक कपडाको माक्सको ४०रुपैया देखी ५०रुपैया सम्म मूल्य बरावरको बिल पेस गरेको र माक्स सिलाउने ब्यक्तिले समेत रुपैया नपाएको तर गाँउपालिका बाट बजेट निकासा भएको देखीन्छ । अन्य गाँउपालिकाको बार्षिक बजेटमा पनि अनियमित भएको हुदा सुचना माग गर्दा सूचना नदिए पछि सूचना अधिकारीको कार्य कक्षामा ताला बन्दी गरेको अर्को युवा बरम बहादुर शाहीले जानकारी दिए । हालका लागि सूचना अधिकारी निमित्त प्रमुख प्रशासकिय अधिकारी थिए । गाँउ पालिकाको बार्षिक बजेट,कोरोनाको रकम कुन कुन क्षेत्रमा खर्च भयो ,भन्ने मलाई थाहा छैनन् असारमा आफु हाजिरी भएको हुँ बिचमा दशै तिहार भएपछि सूचना अधिकार घर गएको हुदा सुचना दिन नसकिएको हो । अव तुरुन्तै सूचना अधिकारी संग बसेर स्थानिय यूवाहरुले मागेका सूचना उपलब्ध गराउने र सूचना अकिकारीको कार्य कक्षा सन्चालनमा ल्याउर्ने प्रयास गरीरहेका कनका सुन्दरी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नैनसिंह बुढाले जानकारी दिए ।