मंसिर ०९ मुगु । जिल्लामा रहेको एक मात्र छायानाथ रारा नगरपालिका वडा नं ४ ले जिल्लामै पहिलो पटक एक उदाहरणिय निर्णय गरेको छ । रोग, भोक र गरिबीको रूपमा चिनिँदै आएको मुगु जिल्लामा हाल सम्म पनि उस्तै अवस्था रहेको छ ।
यस्तो दुरदर्शा हुन नदिन यस वडा नं ४ का स्थानीयबासीले खेति गर्दै आइरहेको जग्गालाई बाँझो राखे वडा कार्यालयबाट दिइँदै आएका सरकारी सेवा(सुविधा नदिइने निर्णय गरेको हो । मंसिर ३ गते बसेको वडाकार्यालयको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । हिउँदेबाली नलगाएर जग्गा बाँझो राख्नेलाई वडाबाट प्रदान हुने कुनै पनि सरकारी सेवासुबिधा नदिने निर्णय गरिएको छायानाथ रारा नगरपालिका वडा नं ४ मुगुले जनाएको छ ।
वडाका अनुसार वडा नम्बर ४ मा रहेका बस्तीहरु भामबाडा, रावलबाडा र रोकायाबाडाका स्थानीयले खेती गर्दै आइरहेको जग्गा बाँझो राख्दै स्थानीय परम्परागत रुपमा लगाउँदै आएको हिउँदे रैथाने बाली जौ र गहुँ लगाउन छोडेको हुदा यस लाई हराउन नदिन वडा कार्यालयले यस्तो थालनी गरेको ४ नं वडाका वडा अध्यक्ष विष्णुकुमार भामले जानकारी दिए । पछिल्लो समय बजारमा आयातित खाद्यान्न भित्रिए पछि स्थानीय ग्रामिण भेगमा पाईने रैथाने बालि अन्न उपजहरु हराउन र खेतीपाति गर्न छोडेपछि वडा कार्यालयले बचाउनको निम्ति यस्तो निर्णय जारी गरेको वडा अध्यक्ष भामको भनाई रहेको छ । कर्णालीका जिल्ला मध्ये मुगु जिल्ला एक अर्गानिक जिल्लाले पनि चिनिन्छ । परम्परागत रुपमा उत्पादन हुने दर्जनौ प्रकारका अन्न बालि पनि यहि पाईन्छ । यि अन्न बालिले वालवालिका देखि वृद्ध वृद्धा सम्म पाईने पौष्टिक तत्व पनि पाईने यहाका बरिष्ठ कृषकहरुको बुझाई रहेको छ । यि अन्न बाट सर्वोत्तम पिठो लगायतका जाउलो अन्य परिकार पनि बन्ने उनको भनाई छ । नगरपालिका भित्र रहेका अन्य बस्तीमध्ये यस वडा(बस्तीमा रहेको सबै जग्गामा एक वर्षमा दुईपटक अन्न बाली उत्पादन हुने गरेको छ ।
वडा बासिले बर्षे बालीमा कोदो, धान, मकै, सिमी, फापर,आलु र हिउँदे बालीमा जौं र गहुँ उत्पादन गर्दे आइरहेका छन् । यी बस्तीमा केही वर्षयता हिउँदे अन्न बाली जौँ र गहुँ लगाउन छोडेर तरकारी खेती गर्दै पनि आइरहेका हुन । यता वडा सरकारबाट जग्गा बाँझो राख्नेलाई सरकारी सेवा रोक्का गर्ने निर्णय गरेपछि कृषकहरुका लागि थप राम्रो भएको छाँयानाथ रारा नगरपालिका ४ भामबाडाका युवा कृषक अंख भामले बताए । वडा कार्यालयको उक्त निर्णय गाउँलेलाई जानकारी गराइसकेको छाँयानाथ रारानगरपालिका-४ का वडा अध्यक्ष विष्णुकुमार भामले जानकारी दिए । चार-पाँच वर्षअगाडि पाँच हलभन्दा बढी जग्गामा लगाएको बाली बिक्रीबाट ५० हजारभन्दा बढी आम्दानी गरेको कृषक भिमबहादुर रोकाया सम्झन्छन् ।
े