• २०८३ बैशाख १५ गते मङ्गलवार

रौतहटमा झगडा एकको मृत्यु, दुई पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, रौतहट । रौतहटमा सोमबार राति करिब साढे ७ बजेतिर वृन्दावन नगरपालिका वडा नम्बर ७ सखुवा धमौरामा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। धमौराका १९ वर्षीय विकास पासवान र उनका छिमेकी ५० वर्षीय अमिरी पासवानबीच मादक पदार्थ सेवन गरि झगडा भएको थियो।

ईलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार मापसे गरी आएका विकासले आफ्ना छिमेकीले अमिरीलाई ‘आमाको नाममा’ गालीगलौज गरेका थिए। त्यही क्रममा उनीहरूबीच झगडा सुरू भएको हो । उनले ुदुबैले मापसे गरेका थिए। अमिरी घरमा अन्डा पुर्‍याएर बाहिर निस्किएका थिए र सोही बेला विकास पनि अमिरी भएको ठाउँमा आएर विकासले ‘आमाको नाममा’ गाली दिएछ र त्यसपछि उनीहरूबीच झगडा भयो।

प्रहरीका अनुसार झगडा हुँदा विकासले अमिरीलाई धकेल्दा उनको टाउकोमा चोट लागेको थियो । उपचारका लागि उनलाई सिटी अस्पताल लगिएको थियो। पछि उपचार क्रममा उनको सवा ८ बजे मृत्यु भएको हो। उक्त घटनामा विकासका आफन्त पर्ने ५५ वर्षीय विन्द पासवान पनि पक्राउ परेका छन्। घटनामा विन्द पासवानको पनि संलग्नता देखिएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस