• २०८३ जेष्ठ २३ गते शनिवार

विप्लवका ७ कार्यकर्ता विरुद्ध मुद्धा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

मंसिर ९, काठमाडौं। उपत्यकाबाट प्रहरीले विप्लव समूहका ७ कार्यकर्तालाई पक्राउ गरेको छ । सातौं पार्टी पुनर्गठन दिवस मनाउने क्रममा प्रहरीले कालिमाटी, बौद्ध र भक्तपुरबाट उनिहरुलाई पक्राउ गरेको थियो ।

कालीमाटी र बौद्धबाट काठमाडौं प्रहरीले तारा सञ्जेल, प्रेम चलाउने, नवराज भट्ट, महेन्द्र सुनार, जिवन शाही र चन्द्रा श्रेष्ठलाई पक्रेको छ । भक्तपुरबाट तमु मुक्तिमर्चोका संयोजक देव बहादुर गुरुङलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ । ‘पक्राउ परेका विप्लव समूहका कार्यकर्ताबारे अनुसन्धान भइरहेको छ । सोमबार मध्यान्ह कालिमाटीमा रक्तदान गरिरहेको ३९ जना विप्लव समर्थकलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको थियो । ६ जना होलटाइमर कार्यकर्ता बाहेक अरुलाई आफन्तको जिम्मा लगाइएको छ ।

भक्तपुरबाट पक्राउ गरिएका देव बहादुर गुरुङ भक्तपुर जिल्ला समिति सदस्य हुन् । सातौं पार्टी पुनर्गठन दिवसको अवसरमा उनले भक्तपुर क्षेत्रमा पर्चा, पम्प्लेट फालेको र सूर्यबिनायक पुलमा विप्लव समूहको व्यानर राखेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस