• २०८३ जेष्ठ १६ गते शनिवार

ग्यास बुलेटले ठक्कर दिँदा दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, चितवन । पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका ६ हर्दीस्थित राजमार्गमा सोमबार साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना स्थानीयवासीको मृत्यु भएको हो ।

 

प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई ग्यास बुलेटरले ठक्कर दिएको थियो। मृत्यु हुने दुबै जनाको सनाखत हुन नसकेको बताइएको छ । उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार घटनापछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्। स्थानीयवासी र प्रहरीबीच सडकमा पटक पटक झडप भएको बताइएको छ । ग्यास बुलेटलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस