मंसिर ८, रोल्पा । रोल्पामा कुटपिटबाट घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। रोल्पा नगरपालिका वडा नं. ५ छापाका स्थानीय ५६ वर्षीय भिमराज घर्तीको उपचारका क्रममा मृत्यु भएको हो।
मंसिर ४ गते राति १० बजेको समयमा मदिरा सेवन गरी आपसमा भनाभन हुँदा २८ वर्षीय मोहन विकले घर्तीलाई कुटपिट गरेका थिए। घाइते घर्तीलाई उपचारको लागि प्युठान जिल्लाको स्वास्थ्य चौकीमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि मंसिर ६ गते दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। त्यहाँपनि उपचार सम्भव नभएपछि मंसिर ७ गते थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा ‘रिफर’ गरिएकोमा उपचारका क्रममा राति मृत्यु भएको हो । घर्तीलाई कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।