• २०८३ बैशाख ३१ गते बिहिवार

छानिए उत्कृष्ट १५ करदाता (सुचि सहित)

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

मंसिर ८, काठमाडौं । सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पुर्‍याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट करदाताको नाम छनोट गरेको छ । आन्तरिक राजस्व विभागले कर सप्ताहको अन्तिम दिन आइतबार उत्कृष्ट १५ करदाताको नाम छनोट गरेको हो ।

आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ र मूल्य अभिवृद्धि कर ९भ्याट०तर्फ आर्थिक वर्ष २०७६÷७७ लाई आधार मानेर उत्कृष्ट १५ करदाताको नाम सार्वजनिक गरेको विभागले जनाएको छ । विभागका अनुसार यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमध्येबाट मदिरा व्यवसायी विजयकुमार शाह उत्कृष्ट छानिएका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् ।

मदिरा व्यवसायमा संलग्न शाहको अहिले स्वदेशी मदिरा उत्पादन तथा बिक्रीमा ठूलो व्यावसायिक साम्राज्य छ । स्वदेशी मदिरा उत्पादक व्यवसायी शाहको जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिस्टिलरीलगायत विभिन्न कम्पनी सञ्चालित छन् । हाल शाहका यी कम्पनीले रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन गरिरहेको छ ।

नवौं राष्ट्रिय कर दिवस–२०७७ को अवसरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंश बढाउन करका दायरा विस्तार एवं चुहावट नियन्त्रण गर्नु आवश्यक रहेको बताएका छन् । आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले स्वेच्छिक कर सहभागिता बढाउँदै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न आवश्यक रहेको बताए । यसैगरी, अर्थमन्त्री पौडेलले कर परीक्षण, कर अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्यौता असुली, बेरुजु फछ्र्योट जस्ता परिपालनाका विधिलाई थप कडाइका साथ लागू गर्न निर्देशन दिए । अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रक्रियागत सरलीकरण र प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्नसमेत निर्देशन दिए ।

करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा र पहुँच विस्तारमा परिणाम देखिने गरी सुधार गर्न उनले आन्तरिक राजस्व विभाग र मातहतका सबै राजस्व कार्यालयलाई निर्देशन दिए । अर्थमन्त्री पौडेलले करदाता र कर प्रशासनबीचको स्वच्छ व्यावसायिक सम्बन्ध र आपसी विश्वास मजबुद भएमा मात्र राजस्व परिचालनमा सकारात्मक योगदान पुग्ने र यसका लागि कर दिवस सहयोगी रहने धारणा व्यक्त गरे ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीका कारण गरिएको लकडाउन र त्यसपछिका निषेधाज्ञालगायतका आवगमनका अवरोधबाट अर्थतन्त्रमा आएको संकुचनको बाबजुद आर्थिक वर्ष २०७६(७७ को राजस्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले चालू आवको पहिलो चौमासिकसम्म लक्ष्यको नजिक राजस्व संकलन हुने गरी कर सहभागिता जनाउने करदातालाई धन्यवाद दिए ।

अर्थमन्त्री पौडेलले कर दिवसले कर प्रशासनको आवश्यक ज्ञान र दक्षता अभिवृद्धि गर्नुको साथै कर प्रशासनलाई निष्पक्ष सेवाग्राहीमैत्री भावनाको विकास गर्न उत्प्रेरित गराउन र सुशासनयुक्त तथा पारदर्शी बनाउन सहयोग पुर्‍याएको बताएका थिए ।

व्यक्तिगत आयकरतर्फ : विजयकुमार शाह
बैंकिङ क्षेत्रतर्फ : नबिल बैंक
कम्पनीको क्षेत्रतर्फबाट : बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल
विप्रेषणतर्फ : आईएमई रेमिट्यान्स कम्पनी
व्यापार व्यवसायतर्फ : अग्नि इन्कर्पोरेटेड कम्पनी
निर्यात व्यवसायतर्फ : बहुराष्ट्रिय कम्पनी डाबर नेपाल
विशेष उद्योगतर्फ : हिमाल पावर कम्पनी
कृषि तथा पशुपक्षी उद्योगतर्फ : अन्नपूर्ण एग्रोभेट प्रालि
सहकारीतर्फ : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
बिमा व्यवसायतर्फ : नेपाल पुनर्बिमा कम्पनी
शिक्षण सेवातर्फ : मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप नेपाल प्रालि
पर्यटन व्यवसायतर्फ : तारागाउँ रिजेन्सी होटल्स लिमिटेड
मध्यमस्तरीय करदातातर्फ : कामना सेवा बैंक लिमिटेड
मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ : घोराही सिमेन्ट
आराकाहरुको कार्यक्षेत्र तर्फबाट : भीएफ सर्भिसेस (मोरिसस) प्रालि

यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस