• २०८३ असोज २२ गते बिहिवार

उदयपुर गाउँपालिकामा बम विस्फोट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, उदयपुर। उदयपुरको ताप्ली गाउँपालिका ५ रुपाटारमा रहेको कार्यालय भवनमा शनिबार राति अज्ञात समूहले बम विस्फोट गराएको छ । अज्ञात समुहले गाउँपालिकाको नागरिक सहायक कक्षमा बम विस्फोट गराएको छ भने अर्को एउटा बम गाउँपालिकाको गेटमा भेटीएको छ । उक्त बम विस्फोट हुन बाँकी रहेको छ ।

नागरिक सहायता कक्षमा बम विस्फोटले गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । विस्फोटले ती कार्यकक्षको ढोका, झ्याल, टेबल कम्प्युटर, दराज,प्रिन्टर, लगायतका सामानमा क्षति भएको एसपी दाहालले जानकारी दिनुभएको छ।अहिले गाउपालिकाको कार्यलय प्रहरीले सील गरेर नियन्त्रणमा लिएको एसपी दाहालले जानकारी दिए ।

बम विस्फोटको कसैले जिम्मा नलिएको घटना स्थलमा कुनै प्रचाहरु समेत नभेटीएकोले कस्ले बम बिस्पोट गराएको हो अहिले अज्ञात नै रहेको एसपी दाहालले जानकारी दिए । गाउँपालिकाको आफ्नै कार्यालय नहुँदा पालिका केन्द्र महेन्द्र रत्न माध्यमिक विद्यालयको भवनमा भाडामा संचालनमा रहेको पालिकाको भवनमा बम बिस्पोट भएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस