मंसिर ४, सुनसरी । सुनसरीमा लागुऔषधसहित ५ जना पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार इनरुवा नगरपालिका ६ मधेशाबाट ४ जना पक्राउ परेको हो ।
पक्राउ पर्नेमा नारायण खड्का, सुनिल मोची, सुरेश मोची र निसान मगर छन् । उनीहरुलाई बुधबार साँझ ब्याडमिन्टन कवर्ड हल अघिको खुला मैदानबाट लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको भनाई छ । प्रहरीका अनुसार उनीहरुको साथबाट डाइलेक्स डिसि १०० एम.एल.को १४ बोतल र स्पास्मो प्रोक्सिभन ८ क्याप्सुल वरामद भएको प्रहरीले जनाएको छ । साथै, ५ थान मोवाइल र एक थान मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
बिहिबार इनरुवा १० जल्पापुर सडकखण्डबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । हरिनगर गाउँपालिका ४ का नौसाद अनसारीलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट डाइलेक्स डिसि १०० एम।एल।को ३९ बोतल वरामद भएको छ भने स्पास्मो प्रोक्सिभन ७२ क्याप्सुल र नाइट्राभेट १० लेखिएको ७७ ट्याब्लेट पनि वरामद भएको हो । उनीहरुलाई लागुऔषध ऐन वमोजिम अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।