मंसिर २, काठमाडौँ। नेपाल काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले देशको आन्तरिक राष्ट्रियता बलियो नभएसम्म मुलुक कमजोर रहिरहने बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति साईप्रसले आयोजना गरेको कविता प्रतियोगितालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेता गुरुङले पहाडका जनतालाई दुख्दा मधेशका जनताहरुले साथ दिने र मधेशमा बाढी जाँदा पहाडका जनताहरुले साथ दिएझै कुनै समुदाय वा जातलाई विभेद गर्न नहुने एकअर्कालाई सहयोग गर्ने भावका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
गुरुङले नेपालका केही नेताहरुको स्वार्थपूर्तिका लागि आफ्नै देशका नागरिकहरुलाई विभाजित गर्ने दुस्प्रयास गरेको पनि आरोप लगाउनुभयो । यस्तै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एतथा संघीय सांसद डा. डिला संग्रौलाले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि रुनुपर्ने स्थिति रहेकोबताउनुभयो । नेपाल सरकारले प्रवासी नेपालीहरुको रेमिटान्सलाई मात्रै स्वीकार्ने तर दुःख पाइरहेका प्रवासी नेपालीहरुलाई उद्दार गर्न ध्यान नदिनु खेदजनक कार्य भएको नेता संग्रौलाको भनाइ थियो ।