मंसिर २, धादिङ । पृथ्वीराजमार्ग स्थित धादिङको थाँक्रे सिम्लेमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । पोखराबाट काठमाडौँ आउदैं गरेको ग १ ख ९६४६ नम्बरको बस मंगलबार बिहान पौने २ बजे सिम्लेमा आफै अनियन्त्रित भै दुर्घटना भएको थियो ।
बसमा ३८ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाइ उपचारका लागि काठमाडौँ स्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । बसका चालक फरार छन् । दुर्घटनाको कारण र बसको चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।