• २०८३ कार्तिक ७ गते शुक्रवार

सियोना श्रेष्ठलाई आर्थिक सहयोग आयो

कैलाश घर्तीमगर पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २८, काठमाडौं । जीवन मरणको संघर्ष गरिरहेकी सानी नानी १३ महिने सियोना श्रेष्ठलाई उपचार आर्थिक सहयोग अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रिय शाखा मलेसियाले रु एक लाख पचास हजार सियोना श्रेष्ठ बचाउ अभियान बैंक खातामा जम्मा गरि सहयोग गरेको छ। प्रमुख सल्लाहकार टोप बहादुर पुनमगरको सयुक्त अभियानमा जोडिएर मलेसिया स्थित कोसान ग्लोभ कम्पनीमा कार्यरत सुवास तामाङ, जिवन भण्डारी, हरि बहादुर राई, प्रजोल महरा, रमेश बिक, अरुण जीवन प्रधान, रमेश घले, पुर्णसिंह मगर, इन्द्र रसाइली, अमेरिका देखी किशोरी राई र बङ्गलादेश देखी ईकवाल हुसेनको पहलबाट सो रकम उठेको हो।

सहयोग गर्ने सबैमा समाज र समाजका सल्लाहकार पुनमगरले धन्यवाद दिनु भएको छ। सानी १३ महिने सियोनालाई जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) लागेको हो। जस्का कारण यतिबेला मृत्यु जित्न सियोनाले पोल्यान्डको एक हस्पिटलमा संघर्ष गर्दै छिन। रोग निको पार्न धेरै पैसा खर्च हुने भएको छ। यो रोग लागेमा दुई वर्ष भित्र उपचार गरिसक्नु पर्ने डाक्टरको भनाई रहेको छ। समाजसेवी ईशा गुरुङ्को अपिलमा सियोना बचाउ अभियान सङ्गै देश विदेशबाट आर्थिक सहयोग जुटिरहेको बचाउ अभियानले जानकारी गराएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस