• २०८३ जेष्ठ २१ गते बिहिवार

रारामा पर्यटक बढे , घोडा व्यावसायिको आस पनि चम्कियो

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

कार्तिक २६, मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारा तालमा पछिल्लो समय आन्तरित तथा बाह््य पर्यटकको आवागमन सँगै घुम्न आउनेको संख्यामा पनि बृद्धि भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले थला परेका कर्णालीका प्रमुख पर्यटकिय स्थलहरु आज भोलि चहल पहल उत्तिकै बढेको हो ।

एका तिर नेपाल सरकारले गत चैत ११ गते लकडाउन अर्थात बन्दाबन्दि खुकुलो गरेपछि आज भोलि रारा तालमा घुम्न आउनेको संख्यामा वृद्धि हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटक लाई तालमा अवलोकनको लागि घोडा व्यवासायिहरुको आर्यआर्जनमा पनि उत्तिकै चम्किएको यहाका घोडा व्यवासायिले जानकारी दिएका छन् ।

सरकारले गएको चैत्रबाट पूर्णरुपमा लकडाउन गरे पछि रारा घुम्न आउर्ने पर्यटकहरुको शुन्य भएपछि राराको छेउमा घोडा ब्पावसाय गरि बसीहरुका स्थानिय बासीहरु थला परेका थिए । सरकारले हिजो आज लकडाउन खुकुलो बनाए पछि रारा घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकहरुको संख्या दिन प्रति दिन बढी रहेको बेला राराको छेउछाउमा बस्र्ने स्थानिय बासीहरुका घोडा पर्यटकले प्रयोग गर्दा आम्दानि आउर्ने भएको हुदा स्थानिय बासी खुसी हुनुका साथै रोजगारीको पनि बाटो खुलेको छ ।


रारा घुम्न आउर्ने पर्यटकहरुलाई सल्यरि देखी रारा मुर्माटप सम्म घोडा चडाएर वा पर्यटकको सामान घोडामा बोकायर २,३ बर्ष देखी घर खर्च चलाउदै आएका थियौ गएको चैत्र बाट कोरोना भाईरसको कारण लकडाउन हुदा रारामा कुनै पनि पर्यटकहरु नआउदा घर खर्चत के घोडालाई दाना पानि गर्न निकै समस्या भएको थियो ।
हिजो आज लकडाउन खुकुलो भइपछि रारा घुम्न आउर्ने पाउनाको संख्या दैनिक बढी रहेको हुदा घोडाले काम पाएका छन । दैनिक एक घोडा बाट ५सय देखी २हजार २५सय सम्म आम्दानि हुर्ने गरेको छ । यही घोडा बाट कमाएको रकम बाट घर खर्च बाल बच्चाहरुको पढाई खर्च लगाएत अन्य खर्च जुटाएको छायानाथ रारा नगरपालिका वडा नम्बर ८ का घोडा व्यावसायि पाथ्या रावलले बताए । सल्लेरी देखी घोडा चढी रारा निली किनार सम्म एक घोडाको १ हजार सल्लेरी देखी रारा हुटु सम्म १५ सय ,सल्लेरी देखी मुर्माटप सम्म २५सय ,घोडा चढेर फोटो खिचाए वापत ५०रुपैया घोडा ब्यावसायले लिर्ने गरेका छन । तर घोडा चढेको दर रेट घोडा ब्यावसायको आफ्नै मनपरि रेट रहेको छ । एक रुपता एक द्धार घोडा चडेको दर रेट नहुदा पर्यटकहरु ठगिर्ने गरेको आन्तरीक पर्यतक बिश्वास उपाध्यायले जानकारी दिए ।

हिजो आज रारामा पर्यटकहरुको संख्या बढे पछि घोडा ब्यावसा मात्र खुसी नभै रारामा ढुङ्गा चालक,रारा तालको कीनारमा रहेका होटल ब्यावसाय पनि खुसी भएका छन ।  दशै तिहारको समयमा सरकारी बिदा हुर्ने अर्को तर्फ स्थानिय बासी र कृषकहरुको काम कमै हुर्ने भएको हुदा ,सडक सन्जालको पहुच रामो भएको र महामारी कोरोना महामारीकोले भएको लकडाउन खुकुलो भएको हुदा हिजो आज रारा घुम्न आउर्ने आन्तरीक पर्यटकहरुको संख्या दैनिक ५०देखी ८०,९० सम्म रारा आउर्ने गरेको रारा राष्ट्रिय निकुञ्जका नित्तित संरक्षण अधिकृत योग्यराज रोकायाले बताएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस