• २०८३ भाद्र ६ गते शनिवार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रक्षामन्त्री बर्खास्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २५, एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट हटाएका छन । उनले ट्वीटरमार्फत् एकजना उच्च अधिकारीलाई पदबाट बर्खास्त गरिएको घोषणा गरेका हुन ।

नेशनल काउन्टर टेरोरिजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बीबीसीको खबरमा उल्लेख छ । एस्परलाई निष्कासित गरिएकोबारे कारण भने खुलाइएको छैन । पछिल्ला केही हप्ता ट्रम्प र एस्परबीच सार्वजनिक रुपमै फरक मत देखिन थालेको थियो । अमेरिकामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भइसकेको भए पनि ट्रम्पले हार स्वीकार गरिसकेका छैनन ।

Sharing

प्रतिक्रिया दिनुहोस