• २०८३ मङ्सिर १२ गते शुक्रवार

आज आईपीएल फाइनल : दिल्ली र मुम्बई भिड्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २५, दिल्ली। यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलटी  २० क्रिकेटको फाइनल आज हुँदैछ । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ७:४५ बजेबाट सुरू हुने छ ।

उपाधिका लागि सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स भिड्ने छन् । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो । पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो ।

यसपट उपाधि जित्दै दिल्लीले अर्को इतिहास बनाउन चाहन्छ । तर सर्वाधिक च्याम्पियन मुम्बईलाई हराउनु दिल्लीका लागि सजिलो भने पक्कै छैन । यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएको छ । मुम्बईले यसअघि ४ पटक आईपीएलको उपाधि जितिसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस