कात्तिक २३, काठमाडौं । बागमती प्रदेश सा्रंसद तथा सहकारी अभियान्ता प्रकाश श्रेष्ठ बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ बागमती प्रोस्कूनको प्रारम्भिक साधारण सभाबाट उपाध्यक्ष हुनुभएको छ । काभ्रेमा भएको प्रारम्भिक साधारण सभाबाट अध्यक्षमा उद्धव सापकोटा र वरिष्ठ उपाध्यक्षमा काठमाडौ क्षेत्र नं.७ (ख) बागमती प्रदेशका सांसद प्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

बागमती प्रदेश बचत संघको कार्तिक २२ सम्पन्न प्रारम्भिक साधारण सभाबाट उद्धव सापकोटाको अध्यक्षतामा प्रारम्भिक साधारणसभाबाट सचिव बाहेक १७ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको हो । साधारणसभामा सचिव पदका लागि मात्र निर्वाचन भएको थियो । सचिवमा गोविन्द प्रसाद काफ्ले निर्वाचित हुनुभएको हो । यस्तै अर्को उपाध्यक्षमा प्रदेश बचत तथा ऋण सहकारी संघ, बागमतीको तदर्थ समिति उपाध्यक्ष राधा सिन्तान पुनः विजय हुनुभएको हो ।