कार्तिक २३, बर्दिया । हुलाकी सडक खण्ड नेपालगञ्ज गुलरीयामा पर्ने पचासामा सडक दुुर्घटना हुँदा दुई जनाको मृत्यु भएके छ । बर्दियाको बढैयाताल गाउँपालिका बडा नं ८ पचासा नजिक गए राति करिब ८ बजेतिर ट्रयाक्टर र मोटरसाइकल ठोुक्किँदा मोटरसाइकलमा सवार दुई जनाकै ज्ुयान गएको हो।
नेपालगन्ज तर्फबाट आएको बाईकमा सभार पचासा वडा नं ७ निवासी ललिता रिमाल र अर्जुन रिमालको मृुत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । पूर्व नेपालगञ्ज बाट गुलरियातर्फ जाँदै गरेको भे ३ प ७८७० को मोटरसाइकल र काठ लिएर विपरीत दिशाबाट जाँदै गरेको भे १ त ५०९९ को ट्रयाक्टर एक आपसमा ठुक्कर खाँदा २५ वर्षीय अर्जुन रिमाल र २३ वर्षीय ललिता रिमालको दुर्घटनामा परि मृुत्यु भएको छ।
दुुर्घटना पश्चात् नाजुक अवस्थामा रिमाल दम्पतिलाई उपचारको लागि नेपालगन्ज पठाइएको थियो र उपचारकै क्रममा दुबैको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र बहादुर मल्ल जानकारी दिएका छन । बर्दिया प्रहरीका अनुसार ट्रयाक्टर र ट्रयाक्टर चालक दुबै प्रहरीको नियन्त्रणमा रहेका छन।