कार्तिक २२, एजेन्सी। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबाद प्रवेश गरेको छ । यूएईमा राति भएको इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले क्वालिफायरमा स्थान बनाएको हो ।
शेख जायद क्रिकेट मैदानमा बेङ्ग्लोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।हैदराबादको जितमा केन विलियम्सनले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले । जासन होल्डरले अविजित २४ रन बनाए ।
यस्तै मनिष पाण्डेले २४ रन जोड्दा कप्तान डेभिड वार्नरले १७ रन बनाए । बेङ्ग्लोरका मोहमद सिराजले २ विकेट लिए । अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा भोलि हैदराबाद र दिल्ली क्यापिटल्स खेल्नेछन् ।