• २०८३ बैशाख २७ गते आइतवार

हुम्लामा चार दिनदेखि विद्युत् सेवा अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २१, हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका ७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ । हिल्सा–सिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युत्को पोल ढाल्दा चार दिनदेखि यहाँका स्थानीय अन्धकारमा बस्दै आएका छन् ।

अवरुद्ध भएको विद्युत् सेवा मर्मत गर्न नेपाल विद्युत् प्राधिकरण कार्यायलमा जानकारी गराउँदा ठेकेदारले सडक चौडा गर्ने क्रममा पोल ढालेको र आफूहरुले मर्मत नगर्ने जवाफ दिएको स्थानियहरुले बताए । ठेकेदारले पनि पोल मर्मतप्रति कुनै चासो नदिएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस