• २०८३ मङ्सिर १० गते बुधवार

नवलपरासीमा दाजुभाइको मृत अबस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २०, नवलपरासी । सोमबार देखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी बर्दघाट गैंडाकोट नगरपालिका २ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्ग्म पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए ।

दुवैजनाको शव बुधबार साँझ गैंडाकोट ३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो । प्रहरी उपरीक्षक मल्लका अनुसार एकजनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताए । सोमबारदेखि हराइरहेका सङ्ग्म पौडेल र विजयबाबु पौडेल को खोजी गर्ने क्रममा मृतावस्थामा फेला परेको हो । उनीहरुको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रकाश मल्ले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस