कार्तिक १९, सुनसरी । आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा सुनसरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १५ बस्ने ४२ वर्षीय गोपाल मगर रहेका छन ।
मगरलाई आफ्नो ३२ वर्षीया श्रीमती छाया थापा मगरको हत्या गरेको आरोपमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नो श्रीमतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएको विषयमा स्थानीयबाट प्रहरीमा खबर प्राप्त भएपछि त्यहाँ प्रहरी टोली परिचालन गरिएको थियो ।
अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उपचारका लागि धरान घोपा अस्पताल पठाएर उनलाई नियन्त्रणमा राखेको थियो । पक्राउ परेका मगरको श्रीमतीको उपचारको क्रममा धरान घोपा अस्पतालमा मृत्यु भएको हो । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ।