• २०८३ बैशाख ३१ गते बिहिवार

एटीएम फोडिरहेको अवस्थामा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ती किशोरले उक्त एटीएम फोडदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस