कार्तीक १७, नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ५ सय ६ पुगेको छ । संक्रमितमध्ये ३ सय ७२ पुरुष र एकसय ३४ जना महिला रहेका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा आइतवार विदुर नगरपालिका दुई पुरुष र एक महिला, तारकेश्वर गाउँपालिका एक महिला, किस्पाङ गाउँपालिका २ महिला र ६ पुरुष, ककनी गाउँपालिका एक पुरुष र लिखु गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यस्तै नुवाकोटमा आईतवारसम्म कोरोना निको भएर घर फर्कनेको संख्या १९८ पुगेको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । निको भएर घर फर्कनेमा विदुर नगरपालिकाका एक पुरुष र दुई महिला तथा ककनी गाउँपालिकाका दुई पुरुष र एक महिला र तारकेश्वर गाउँपालिकाका एक पुरुष र एक महिला, किस्पाड गाउँपालिकाका एक पुरुष र बेलकोटगढी नगरपालिकाका एक महिला रहेका छन् ।