कार्तिक १६, काठमाडौँ । थप २८ सय २४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २३ जनाको परीक्षण गर्दा २८ सय २४ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना रहेको छ ।