कार्तिक १६ , काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा चरम गुटवन्दी भएको छ । जसमा दोस्रो बरियदाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेतृत्वले संचालन गरेको गुट र प्रधामन्त्री तथा पार्टीका अध्यक्ष केपी ओलीले नेतृत्व गरेको संस्थापन पक्षबीच पछिल्लो समय भएको विवादका कारण पार्टी फुटकै संघारमा पुग्न सक्ने लक्षण देखिएको छ ।
प्रचण्ड–माधवको गुटले पाटीएलाई विभाजनको दिशामा अग्रसता देखाएका छन् । जसको ज्वलन्त उदाहरणको रुपमा कर्णली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफू अनुकूल मन्त्रिमण्डल हेरफेर गर्न लाग्नुभएको बताइएको छ । कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर हुँदै छ । जसमा ओली निकट मन्त्रीलाई हटाएर माधव निकट व्यक्तिलाई मन्त्री बनाउन लागिएको हो । विशेष स्रोतका अनुसार मुख्यमन्त्री शाहीले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली गुटका दुई मन्त्रीलाई हटाउने तयारी गर्नुभएको छ । हटाइने मन्त्रीमा सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन-वातावरणमन्त्री नन्दसिंह बूढा रहेका छन् । सट्टामा नेकपाका बरिष्ठ नेता माधव नेपाल गुटका २ जनालाई मन्त्रीमा नियुक्ति गर्ने तयारी रहेको छ ।
साथै यसअघि रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्रीमा पनि आजै नयाँ मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी रहेको छ । नयाँ नियुक्त हुने मन्त्री र कार्यविभाजनबारे भने खुलाइएको छैन । सामाजिक विकास मन्त्री दल रावलले आफूलाइ हटाउनुअघि नै सामाजिक सन्जालमार्फत् पद त्याग गरेको बताउनुभएको छ । उहाँले ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु’ भन्दै स्टाटस राख्नुभएको छ ।
केही समयअघि मुख्यमन्त्री शाहीलाइ नै हटाउनेगरी नेकपाकै सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर पछि पार्टी केन्द्रको निर्देशन र आन्तरिक छलफलबाट उक्त विवाद सामसुम पारियो ।