कात्तिक १५ , पाल्पा । पाल्पा रैनादेबी छहरा गा.पा.- ६ टोड्के बस्ने दान बहादुर पुनको घर र टंक बहादुर पुनको घरमा आगलागी भएको छ । आगलागी भई घरहरु क्षती भएकोमा स्थानियहरुले आगो पुर्ण रुपमा नियन्त्रणमा लिएका थिए ।
घर धनिहरु रोजगारको सिलसिलामा भारत रहेको र घर माथी ठुला-ठुला सोलार प्यानलहरु राखेको हुदा सोही सोलार प्यानलबाट बिद्युत चुवावटबाट आगलागी भएको हुन सक्ने प्रहरी चौकी बल्डेङगढी, पाल्पाबाट प्र.ना.नि.को कमाण्डमा टोलीले जनाएको छ । आगोलागीवाट अनदाजी ५,००००० ।- (पाचलाख) बरावरको क्षती भएको पनि प्रहरीले जनाएको छ । यस घटनाको बारेमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।