कात्तिक १४, दैलेख । आत्महत्या दुरुत्साहन गर्ने १ जना पक्राउ परेका छन् । दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं .१० सातखम्बा बस्ने वर्ष २५ कि उर्मिला विष्ट९शाही० ले आफ्नै घरमा मुसा मार्ने विषादी सेवन गरी गरेकी थिइन ।
उपचारको क्रममा उनको दुल्लु अस्पतालमा दिउसो २:१५ बजे मृत्यु भएको हो । प्रहरीले उक्त घटनामा मृतकको श्रीमान भुपेन्द्र शाहीलाई कात्तिक ८ गते नै पक्राउ गरी थप अनुसन्धान थालेको छ ।
यसैबिच दैलेख प्रहरीले कर्तब्य ज्यान मुद्दामा ३ जनालाई पक्राउ गरेको छ । कात्तिक १० गते दैलेखको नौमुले गाँउपालिका वडा नं. १ राईली बस्ने वर्ष ३९ को भुपेन्द्र बहादुर शाहीलाई कर्तब्य गरी मारेको भन्ने सुचनाको आधारमा कालीकोटको महाबै गाँउपालिका वडा नं. ४ डिल्लिकोट घर भई हाल दैलेख नौमुले गाँउपालिका वडा नं. १ तोली राईली बस्ने ३२ बर्षिया विर बहादुर शाही, ३७ बर्षिया बल बहादुर सिंह र २५ बर्षिया प्रेम बहादुर बस्नेतलाई पक्राउ गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम अनुपम श्रेष्ठले जानकारी दिए ।