कार्तिक १४, एजेन्सी। आर्थिक वर्ष २०२० मा अमेरिकाका अध्यागमन अदालतबाट १७६ जना नेपालीले देश निकालाको आदेश पाएका छन् ।एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुसार उनीहरु अमेरिकामा रहेका १६ राज्यहरुबाट देशनिकालामा परेका हुन् ।
१७१ जना नेपालीहरुले एसाइलम दाबी गरेका थिए भने ५ जनालाई भने आपराधिक पृष्ठभूमिका कारण देश निकालाको आदेश दिइएको थियो । देशनिकालाको आदेश पाउनेहरु न्यूयोर्कमा सबैभन्दा धेरै ७७ जना छन् । न्यूयोर्क सिटीको अदालतबाट ५३ जना, ब्रोडवेबाट ८ जना र भेरिक स्ट्रीटबाट ७ जनालाई देशनिकालाको आदेश दिइएको हो । न्यूयोर्कपछि क्यालिफोर्नियाबाट २२, टेक्सासबाट १६, लुजियानाबाट १२, मिनिसोटाबाट ११, जर्जियाबाट ११, भर्जिनियामा ६ जनालाई नेपालीहरुलाई देशनिकालाको आदेश दिइएको छ ।
त्यस्तै मेरिल्याण्डमा ५, मासाचुसेट्समा ५, न्यु मेक्सिकोमा ३, कोलोराडोमा ३, वासिंटनमा १, न्यूजर्सीमा १, पेन्सिल भेनियामा १, फ्लोरिडामा १ र इलिनोयमा १ जना नेपालीलाई देश निकालाको आदेश दिइएको छ ।